Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

पूर्व प्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा प्रमाण बुझ्ने आदेश


काठमाडौं  : ललितानिवासको सरकारी जग्गा गैरकानुनी ढङ्गले व्यक्तिको नाममा कायम गरिएको विषयमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासबाट सो उत्प्रेषणको आदेश भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उहाँहरूविरुद्ध मुद्दा नचलाइ उन्मुक्ति दिएको भन्दै आयोग र महान्यायाधिवक्ताको कार्यालय समेतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।