Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

जेष्ठनागरिक र एकल पुरुषलाई न्यायो कपडा

दैलेख  :  नारायण नगरपालिका वडा नः ७ ले वडामा रहेका जेष्ठ नागरिक र एकल पुरुषलाई न्यायो कपडा वितरण गरेको छ । नारायण नगरपालिकाको चालु आर्थिक वर्ष नगरपालिकाका सबै वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अनुसार वडामा रहेको जेष्ठ नागरिक र एकल पुरुषलाई न्यायो कपडा वितरण गरेको नारायण नगरपालिका वडा नः ७ ले जानकारी दिएको छ ।

नारायण नगरपालिका वडा नः ७ का वडा सचिव नेत्र बहादुर बस्नेतले वडामा रहेको ७० वर्ष माथीका जेष्ठ नागरिक र ६० वर्ष पुगको दलित,  एकल  पुरुषलाई सम्मान गरिएको बताए । उनले वडामा छलफल गर्दा एकल पुरुषलाई पनि न्यायो कपडा दिने निर्णय भए अनुसार उहाँहरुलाई पनि वितरण गरेको बताए । उनले एक सय ३० जना जेष्ठनागरिक र १३ जना एकल पुरुषलाई न्यानो कपडा वितरण गरेको बताए ।

कार्यक्रममा वडा नः ७ की महिला सदस्य र्मिला खड्काले संबिधानमा भएको व्यवस्था अनुसार जेष्ठनागरिक र एकल पुरुषलाई सम्मान गरिएको बताइन । उनले वडामा रहेका जेष्ठनागरिकलाई उपचारका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउँदै आगामी दिनमा समेत यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताइन ।

जेष्ठनागरिक र एकल पुरुषलाई न्यानो कपडा वितरणमा बोल्दै नारायण नगरपालिका वडा नः ७ का वडा अध्यक्ष पुर्ण बहादुर मल्लले स्थानीय सरकारले जेष्ठनागरिक र एकल पुरुषलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको बताए । उनले निर्वाचन भए देखी सबै बस्तीमा पुग्न नसकेको बताउदै यस्तै अभियानले सबै संग भेट हुने बताए ।
उनले युवाहरुलाई रोजगारीका लागि थुप्रै अवसर सिर्जना भएपनि युवाहरुले चासो नदेखाएको बताए । उनले नारायण नगरपालिका देखी चौराठा जाने सडक कालोपत्रेका लागि ठेक्काको तयारी भएको बताउँदै अव त्यहा रोजगारी सिर्जना हुने बताए । उनले भने मध्य पहाडी राजमार्गमा काम गर्न अहिले पनि बाह्य जिल्लाका मानिसहरु जिल्लामा आएको बताउँदै यहाँको मान्छेले काम गर्न इच्छुक हुुनु पर्ने बताए