Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

थप ८१ जनालाई कोरोना संक्रमण, पाँचजना मृत्यु


काठमाडौँ  : नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १,मोरङमा ३,रौतहटमा १,काठमाडौँमा २५,चितवनमा ३,धादिङमा १,नुवाकोटमा २,भक्तपुरमा १,रसुवामा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा २१,नवलपरासीपूर्वमा १,पर्वतमा १,स्याङ्जामा २,अर्घाखाँचीमा १,कपिलवस्तुमा १,पाल्पामा २,बाँकेमा १,रुपन्देहीमा २ तथा कैलालीमा २ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौँ उपत्यकामा बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको छ।

बिहिबार १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको निधन भएको छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको ।