Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

आफैले निर्माण गरेका ऐन नियम कार्यान्वय गदैन्न स्थानीय सरकार

दैलेख  :  स्थानीय सरकार आफ्ैले निर्माण गरेका निति,ऐन कार्यान्वयन नगरेको पाइएको छ । सुन्दर नेपाल संस्थाको द्धारा संचालित नागरिक समाज पारस्पारिक जवाफदेहि परियोजनाले मंगलवार जिल्ला सदुमुकाममा आयोजना गरिएको स्थानीय तहको नीति निर्माणमा नागरिक समाजको स्थान र प्रथामिकताको सवालवारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ले अधिकाँस बक्ताहरुले स्थानीय सकारले आफैले निर्माण गरेका ऐन नियम र निती नै कार्यान्वयन नगरेको बताएका हुन ।

स्थानीय तहका जनप्रतिनीधिहरुको ध्यान कानुन निर्माणमा भएपनि बनेका नीति र कानुनबारे जानकारी नभएको समेत सहभागिहरुले बताएका छन् । उनीहरुले स्थानीय सरकार स्वायत्ता छ भन्ने ऐन नियम र कार्यविधि निर्माण गर्दा समेत नागरिक समाज र राजनैतिक दल संग समन्वय समेत नगरेको बताएका हुन ।

कार्यक्रममा बोल्दै एभरेष्ट क्लवका साहयक कार्यकारी निर्देशक टेकराज आर्चायले शिक्षा सुधारका क्षेत्रका स्थानीय सरकारले काम गर्न खोजेपनि शिक्षा क्षेत्रलाई उपेक्षित गरिएको बताए । उनले जिल्लाका गुराँस गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा शिक्षा ऐन नियम बने पनि कार्यन्वयन नभएको बताए ।

नेपाल रेडक्रस सोसाइटीका कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापाले नेपाल रेडक्रस सोसाइटीले विपदको क्षेत्रमा समन्वय गरेर काम गर्दा समेत कुनै पनि स्थानीय तहले समन्वय नगरेको बताए । उनले स्थानीय तहमा रहेको विपद व्यवस्थापन कोष निर्माण गरिएको छ कहा र कसरी खर्च भएको भन्ने समेत जानकारी नभएको बताए ।

कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले स्थानीय तहमा बनेका नीति कार्यान्वयनमा स्रोत साधानको अभाव रहेको बताए ।

गैसस महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले जनप्रतिनीधिहरुको ध्यान कानुन निर्माणमा भएपनि बनेका कानुनहरुबारे जनप्रतिनीधिहरु नै पूर्ण जानकार नभएको उल्लेख गर । कार्यक्रममा सहभागी राजनैतिक दल नागरिक समाज,पत्रकारले स्थानीय सरकार गठन भए देखी कुनै पनि स्थानीय तहले निति तथा कार्यक्रम,ऐन निर्माण गर्दा समन्वय नभएको भन्दै स्थानीय सरकारको आलोचना गरेका थिए ।