Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

नेकपा नेत्री रामकुमारी झार्किलाई कार्वाही गर्न माग

दैलेख  :  अखिल नेपाल महिला संघ दैलेखले नेकपा प्रचण्ड –नेपाल समुहकी केन्द्रिय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सांसद रामकुमारी झार्किलाई कार्वाही गर्न जिल्ला प्रशासन मार्फत प्रधानन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन । गत माघ १६ गते गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा आयोजना गरिएको बिरोध सभामा बेल्ने क्रममा राष्ट्रिपति बिद्यादेवी भण्डारीलाई महारानीको संज्ञा दिदै बालकोट गएर बस भनेपछि राष्ट्रपति जस्तो सस्था माथी धावा बोल्ने काम गरेको भन्दै तत्काल पक्राउ गरी कार्वाही गर्न माग समेत गरिएको छ ।

अनेमसंघ दैलेखका संयोजक तप्त कुमारी थापा द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको नेपालको गणतन्त्रको प्रतिक राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गर्नै विभिन्न लान्छाना र गाली गर्ने काम आपती जनक भएको भन्दै तत्काल पक्राउ गरी हदै सम्मको कार्वाही गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बिज्ञप्ती आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।