Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री थापा

काठमाडौं  :  गृहमन्त्री राम बहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै नै पक्राउ पर्ने आश्वासन दिएका छन्र । मंगलबार नेपाल विद्यार्थी संघले बलात्कारमा संलग्नलाई कारवाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले अपराधमा संलग्नलाई छिट्टै कारवाही गर्ने बताए ।

गृहमन्त्री थापाले भट्टको केश निर्मला पन्तको जस्तो जटिल नभएको र सुरक्षा संयन्त्र लागि परेकोले दोषी पत्ता लाग्ने आश्वासन दिए । ‘राज्यको अनुसन्धान र प्रशासनिक निकाय पुर्ण रुपले बैतडीमा केन्द्रित छ’, थापाले भने ‘विगतका निर्मला पन्तको घटना झै कठिन छैन् अनुसन्धान दोषीको नजिक पुगिसकेको छ ।’

error: Content is protected !!