Loading... आजः सोमवार, असार ७, २०७८
Trending

मंगरलवार थपिए एक सय ६० जना सङ्क्रमित

काठमाडौं  :  मंगलवार नेपालमा कोरोना भाइरसका १६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३०९ वटा आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म २१ लाख एक हजार ५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६८ हजार ४३१ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ९८।६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन् ।

error: Content is protected !!