Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

स्वास्थ्य मापदण्ड पुरा गर्ने असल आमा सम्मानीत


दैलेख  :  नारायण नगरपालीका दैलेखले नारायण नगरपालिका भित्र कुपोषणको अबस्थामा शुन्य ल्याउन सहयोग गर्ने उत्कृष्ट असल आमालाई सम्मानीत गरेको छ । गर्भवती भएपछि गर्नु पर्ने चार पटक गर्भपरिक्षण स्वास्थ्य सस्थामा सुत्केरी,बच्चाले पाउनु पर्ने खोपहरु र सरसफाईमा ध्यान दिने उत्कृष्ट आमाहरुलाई नगरपालिकाले सम्मान गरेको हो ।

नारायण नगरपालिकाभित्र कुपोषणको अबस्थालाई शुन्य अबस्थामा ल्याउन सहयोग गर्ने उत्कृष्ट आमाहरुलाई सम्मान गरेको नारायण नगरपालिका दैलेखले जनाएको छ । गर्भवती भएको अबस्थाको चेकजाँच,बच्चा जन्मेपछि लगाउनु पर्ने खोपहरु पुरा लगाई बच्चा र आमालाई स्वस्थ्य बनाउन सहयोग गर्ने र सभ्य समाज निर्माण गर्ने अभियानमा सहयोग गरेको भन्दै नारायण नगरपालीकाले दैलेखले उत्कृष्ट ९० जना असल आमालाई नगद २ हजार र प्रमाण पत्रले सम्मानीत गरेको हो ।

नारायण नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले बार्षिक कार्यक्रम अनुसार नगरपालीकाका ९० जना असल आमाहरुलाई सम्मान गरिएको बताए । उनले प्रसुती सेवा सरकारको सुचिकृत संथाबाट सेवा लिएको सुनिश्चित गरिएको,बच्चाको जन्मदर्ता, ४ पटक स्वास्थ्य परिक्षण,बच्चाले पाउनुपर्ने खोप पुर्ण हुनुपर्ने र २० बर्ष भन्दा माथि पुगेपछि बिवाह गरेको हुनुपर्ने बच्चा २ वटा मात्र हुनू पर्ने लगायतका मापदण्ड राखेर असल आमा छनोट गरेर सम्मान गरिएको जानकारी दिए ।

नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले गुणस्तरीय स्वास्थ्य सेवा लिनु,बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने , आमा र शिसुको मृत्युदरमा कमी ल्याउनु महिला र बालबालीका मैत्री सेवा बिस्तार गर्नु निरोगी शुसोषित र स्वाबलम्बी नागरिक निर्माणका लागि यस्तो कार्यक्रम संचालन गरेर असल आमा लाई सम्मान गरेकोे बताए ।