Loading... आजः सोमवार, असार ७, २०७८
Trending

चौदण्डीमाथि एपीएफको १४ गोल


काठमाडौँ : महिला राष्ट्रिय लिगको शीर्ष स्थानमा रहेको एपीएफले सोमबार पुछारमा रहेको चौदण्डीलाई सजिलै १४–० ले पराजित गरेको छ । यस सँगै एपीएफले आफ्नो लगातार जितको यात्रालाई पनि कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई ठूलो अन्तरको जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित आठ गोल गरिन् । यस्तै, अनिता बस्नेत र अनिता केसीले दुई–दुई गोल गरे ।

कप्तान अनु लामा र रविना गोलेले पनि एकरएक गोल गरे । एपीएफको सात खेलबाट अधिकतम् २१ अंक भएको छ । चौदण्डी भने लगातार सातौं हार बेहोर्दै अंक तालिकाको पुछारमा छ ।

error: Content is protected !!