Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

स्थानीय सरकारका हिउदे अधिबेशन अलमलमै

दैलेख  :  स्थानीय सरकार संञ्चालन ऐन २०७४ अनुसार प्रत्येक स्थानीय सरकारले माघ १५ गते भित्र हिउदे अधिबेशन सम्पन्न गर्नु पर्ने कानुनी प्राबधान भएपनि जिल्लाका स्थानीय सरकारले अहिले सम्म हिउदे अधिबेशनका गर्न सककेका छैनन । पुस पाँच गते प्रतिनिधि सभाको बिघटन संगै स्थानीय सरकारमा रहेका जननिर्वाचित पदाधिकारी दुई भागमा बिभजान भए पछि स्थानीय सरकारको हिउदे अधिबेशन समेत कहिले बस्ने भन्ने अन्यौलता भएको हो । जिल्लाका ११ स्थानीय तह मध्ये दुल्लु नगरपालिका र आठबिस नगरपालिकाले हिउदे सभा गरेका छन । आठबिस नगरपालिकामा नेपाली काग्रेस बाट निर्वाचीत भएका जनप्रतिनिधिले आफु अनुकुलनका योजना नगर प्रमुखले ल्याएको भन्दै त्यहाको उप प्रमुख दिपा बोहोरा लगायता वडा अध्यक्षले हिउदे अधिबेशन बहिस्कार गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले जिल्लामा रहेका स्थानीय सरकारले हिउदे अधिबेशन गरे नगरेको आफुलाई खवर नगरेको बताए । उनले केही स्थानीय सरकारले हिउदे अधिबेशन गरेको र केहीमा राजनैतिक सस्या देखिएको भन्न सुन्न आएको बताउदै सबैले नीती अनुसार अगाडी बढेर अधिबेशन गर्नु पर्ने बताए । जिल्लाका ११ स्थानीय तह मध्ये ७ स्थानीय तह जितेको नेकपामा समेत दुई समुह भएपछि गाउँ सभा समेत अन्यौलमा परेका छन । ७ स्थानीय तह मध्ये प्रचण्ड नेपाल समुहले जितेको महावु गाउँपालिका,भैरवी गाउँपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा समेत अधिबेशन हुन सकेको छैन ।
त्यस्तै भगवतिमाई गाउँपालिकामा अध्यक्ष माधव नेपाल पक्षका नेता र उप प्रमुख केपी ओली पक्षिय भएका कारण पनि गाउँ सभा कहिले हुने भन्ने टुगो लाग्न सकेको छैन । गाउँपालिका अध्यक्ष प्रतिगमनका बिरुद्ध सडकमा आन्दोलन गर्न व्यस्त हुने र उप उपाध्यक्ष प्रधानमन्त्रीले चालेको कदममा समर्थन गर्दै निर्वाचनमा जानु उत्तम बिकल्प भएको भन्दै हिड्न थालेपछि गाउँ सभाको टुगो लाग्न नसेको त्यहाका एक जना कर्मचारीले बताए ।
भगवतिमाई गाउँपालिका जस्तै ठाटिकाँध गाउँपालिकामा समेत गाउँ सभाको टुगो लागेको छैन । गाउँपालिका अध्यक्ष धीर बहादुर शाही केपी ओली पक्ष र उपाध्यक्ष प्रचण्ड माधव नेपाल समुहमा भए संगै त्यहा पनि गाउँ सभा हुने भन्ने टुगो नलागेको स्थानीयले बताएका छन । नेपाली काग्रेसले जितेको नौमुले गाउँपालिका,गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा समेत गाउँ सभा हुन सकेको छैन । गाउँपालिकाका जन प्रतिनिधिहरु दैनिक जसो आन्दोलनमा केन्द्रित हुने गरेका कारण गाउँ सभा हुन नसकेको बताइएको छ ।
नारायण नगरपाकिमा निर्वाचित भएका जनप्रतिनिधी दुई समुहमा लागेपनि नगर सभा भने सहमतीमा चाँडै गर्ने नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले राजनैतिक आस्था व्यक्ति समुह जहा लागेपनि स्थानीय सरकारमा त्यसको गन्ध आउन नदिन मिलेर अगाडी बढ्नु पर्ने बताए ।