Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

सरकारको प्रमुख लक्ष्य देशको समृद्धि होः प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विकास विरोधी तत्वहरुलाई पन्छाएर भएर पनि देशको विकास गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । सरकारको प्रमुख लक्ष्य नै देशको समृद्धि भएकाले झिनामसिना अवरोधले केही फरक नपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण ढल्केबर सवस्टेशनको सोमबार उदघाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन । देशलाई डिजिटलाइज्ड गर्ने र देशलाई अघि बढाउने सन्दर्भमा ढल्केबर सवस्टेशनको निर्माण सम्पन्न भई उदघाटन गरिएको उनले बताए । विजुली उत्पादनमा नेपालले फड्को मारिरहेको बताए

“पार्टीभित्रका केही नेताहरु उपद्रव गरेर विकासको काममा बाधा पु¥याउँदै आएका थिए, तर अब त्यो अवस्था छैन” प्रधानमन्त्री ओलीले थपे “अब केही वर्षभित्र यी ठाउँहरु विदेशीहरु आनन्दका लागि भ्रमण गर्ने ठाउँमा परिणत हुन्छ ।” विकासले सबैलाई फाइदा पुग्ने उनले बताए । “म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर” कुन्ती मोक्तानको गीत स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भने “काममा जति अवरोध गर्ने प्रयास गरेप नि विकासको काम रोकिँदैन, सरकारले काम गर्छ ”
“नेकपा पार्टी अहिले निद्राबाट व्यूँझिएजस्तो भएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीबाट दुई चार जना मान्छे बाहिरिदैमा कुनै फरक पर्दैन, त्यस्तो मान्छे बाहिर जाँदा पार्टी शुद्धीकरण भएको छ ।” सरकार सानातिना कुरामा नअल्झिने प्रष्ट पार्नुहुँदै उनले थपे “सरकारले निर्वाचनको मिति तोकिसकेको छ, तोकिएकै मितिमा निर्वाचन हुन्छ, साथ दिन सबैमा आग्रह गर्दछुँ ।”
सन् २०२१ मै देश र दुनियाँबाट कोभिड १९ पराजित हुन्छ भन्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि सरकारले खोप शुरु गरेको बताए । उनले कोभिड १९ संक्रमण हटिनसकेकाले अझै सजग रहन सबैमा आव्हान गरे ।

error: Content is protected !!