देशभर २८३ सङ्क्रमित थपिए
काठमाडौं : नेपालमा कोरोना भाइरसका २८३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २८३ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भइसकेको छ ।
देशका विभिन्न अस्पतालबाट २४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८ भन्दा माथि उक्लेको थियो ।
यस्तै सो अवधिमा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । सो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् । हाल तीन हजार २८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २८६ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।