Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

एक सय जनाले पाए अपाङ्गपरिचय पत्र


दैलेख  :  अपाङ्ग परिचय पत्र वितरण शिविरमा एक सय जनाले अपाङ्ग परिचय पत्र पाएका छन । डुगेश्वर गाउँपालिकाको आयोजना र स्वास्थ्य सेवा कार्यालय दैलेख र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरिएको तीन दिने शिविरमा एक सय जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावलीले तीन दिन सम्म संचालन गरिएको शिविरमा (क) वर्गका २५ जना,(ख) वर्गको ४२ जना,(ग) वर्गको ५८ जना र (घ) वर्गको २५ जनाले अपाङ्ग परिचय पत्र वितरण गरिएको बताइन । उनले गाउँपालिकाको महिला,दलित, अपाङ्ग लक्षित बजेट बाट शिविरको आयोजना गरी अपाङ्ग परिचय पत्र वितरण गरेको बताइन । उनले यस अघि अपाङ्ग परिचय पत्र पाएको भएपनि त्यसको नविकरण गरिएको र त्यो सहित एक सय जनाले परिचय पत्र पाएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले आर्थिक अवस्था कमजोर भएका र घरमै थलीएका अपाङ्गहरुलाई बजार जान समस्या हुने भएका कारण गाउँकै पायक पर्ने वडामा शिवीरको आयोजना गरी अपाङ्ग परिचत्र पत्र वितरण गरेको बताए ।