Loading... आजः सोमवार, असार ७, २०७८
Trending

चार पूर्व–प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता


काठमाडौं  :  सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता भएको हो। यी चार प्रधानन्यायाधीशहरुले गत पुस २४ गते ओलीले ‘ असंवैधानिक’ तरिकाले प्रतिनिधिसभा विघटन गरेको निष्कर्ष निकाल्दै विज्ञप्ति निकालका थिए।

विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबीसहित वकिलहरु राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो। मंगलबार प्रधानमन्त्री ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दर्ता भएको थियो।

error: Content is protected !!