Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

पाँच वर्ष पछि अंशबन्डा मुद्दामा फरार ३ जना प्रकाउ


दैलेख  :  प्रहरीले अंशबन्डा मुद्दामा फरार ३ जना प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेखको दुल्लु नगरपालिका ८ बस्ने ३६ बर्षीया टिकाराम थापा, ६० बर्षीया दुर्गा थापा र ५७ बर्षीया चित्र बहादुर थापालाई पक्राउ गरिएको हो । दैलेख जिल्ला अदालतबाट २०७२ भदौ २० गते अंशबन्डा मुद्दामा फैसला भई फरार रहेका तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रकाउ परेका तीनै जनालाई दैलेख जिल्ला अदालतमा पेश गरिएको छ ।