सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण तालिम
दैलेख : जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख १७ र २७ गते हुने निर्बाचनका लागि सहायक नाम दर्ता अधिकारीलाई पहिलो कार्यक्रमका रुपमा मतदाता अध्यावधिक गर्नका लागि अभिमुखीकरण तालिम दिएको छ ।
निर्बाचनका लागि कार्यालयले सार्वजनिक गरेको कार्य तालिका अनुसार काम अगाडी बढाउन ११ स्थानीय तह बाट कर्मचारी झिकाएर अभिमुखीकरण कार्यक्रम सुरु गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्बाचन केन्द्रीत कार्यक्रम अनुसार माघ १६ र १७ गतेका लागि मतदाता नामावली अध्याबधिक गर्ने, नाम हटाउने, नाम सच्याउने, दाबी बिरोध गर्ने कार्यक्रम तय भए अनुसार सबै गाउँपालिकाका एक एक जना सहायक नाम तर्दा अधिकारीलाई अभिमुखीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिना मल्लले जानकारी दिइन ।
जिल्लामा अभिमुखीकरणमा सिकेका कुरा अनुसार प्रत्येक गाउँपालिका निर्धारित कार्यक्रम सञ्चालन हुने उनले बताइन । अभिमुखीकरणमा जिल्लाका ११ स्थानीय तह बाट सहभागी भएका थिए ।