Loading... आजः सोमवार, असार ७, २०७८
Trending

२७० जना सङ्क्रमित थपिए, ४०३ सङ्क्रमण मुक्त

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

यस्तै सो अवधिमा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । सो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक जना पुगेका छन् । हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२ जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् ।

error: Content is protected !!