Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

३२२ जना सङ्क्रमित थपिए, ३७४ जना सङ्क्रमित डिस्चार्ज


काठमाडौं :  नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ८१८ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ८६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ६४४ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ८६१ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा छन् ।

error: Content is protected !!