Loading... आजः शुक्रबार, फाल्गुन २१, २०७७
Trending

सवारी आगमन समय तालिका (टाइमकार्ड) अभियान अलपत्र

दैलेख :  जिल्ला प्रहरी , ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरणका संचालन गरिएको सवारी आगमन समय तालिका(टाइमकाडए) अभियान अलपत्र परेको छ । दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्ग भित्रको सवारी आवागमनलाई प्रभावकारी र नियमनकारी बनाउन, सवारी दुर्घटना न्युनिकरण गर्ने, सवारीको गति सिमीतता दिने, क्षमता भन्दा बढी यात्रुहरु राख्न नदिने उद्देश्यका साथ यात्रुहरुको हित र सुरक्षाको लागी टाइमकार्ड लागू गरिएता पनि प्रहरी प्रमुखको सरुवा संगै अभियान अलपत्र परेको हो ।

गत बर्ष लागु ट्राफिक कार्यालयले (सवारी आगमन समय तालिका) अनुसार यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुङ्गेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुङ्गेश्वरदेखि रानिमत्ता १६ किमि एक घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि एक घण्टा ३० मिनेटमा पुरा गर्नुपर्ने व्यवस्था गरिएको थियो ।त्यस्तै सुर्खेत बसपार्क बाट छिन्चु २७ किलोमिटर एक घण्टा, सुर्खेत बसपार्क बाट बडिचौर ३० किलोमिटर एक घण्टा ३० मिनेट,बडिचौर देखी तल्लो डुगेश्वर ३४ किलोमिटर तीन घण्टा,तल्लो डुगेश्वर देखी राकमकर्णाली ३४ किलोमिटरतीन घण्टा,राकमकर्णाली देखी कालिकोटाको जितेगडा २० किलोमिटर दुई घण्टा,जितेगडा देखी कालिकोट मान्म सम्म १० किलोमिटर एक घण्टा,मान्म देखी खल्लाघाट ५० किलोमिटर तीन घण्टा ३० मिनेट,खल्लाघाट देखी जुम्ला सम्म४५ किलोमिटर तीन घण्टा ३० मिनेट समय निर्धारण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी अनुपम श्रेष्ठले बिगतमा टाइमकार्ड लागु गरिएको बिचमा अलपत्र परेको भएपनि त्यसलाई पुन कार्यान्वयनमा ल्याउन लागेको बताए । उनले दैलेख ट्राफिक कार्यालय र प्रहरी कार्यालयले मात्र गरेर सम्भव नहुने भएका कारण सुर्खेत,कालिकोट र जुम्ला जिल्ला संग समन्वय गरिरहेको बताए ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरक्षक उपेन्द्र आर्चायले जिल्ला ट्राफिक कार्यालय दैलेख,कालिकोट,जुम्ला संग समन्वयन गर्ने तयारी भइरहेको बताए । उनले कर्णाली ट्राफिक कार्यालय संग आफुले कुरा गरेर सबै जिल्ला संग समन्वय गर्न लागेको बताए । उनले भने आफु दैलेखमा बस्दा समन्वय गर्दा केही मात्रमा भएपनि सवारी दुर्घटना न्युनीकरण भएको बताउदै यसलाई निरन्तरता दिने बताए ।

नागरिक समाजका अगुवा यामराज थापाले प्रहरीले मात्र होईन अन्य निकाय बाट गरिने यस्ता अभियान निरन्तरता नुहँदा नागरिकले समस्या भोग्नु परेको बताए । उनले समाजका हितमा हुने दिर्घकालिन अभियानहरुलाई निरन्तरता दिन नसक्नु दुखद भएको बताउँदै पात्र बदलिए पनि अभियान नछोड्नु पर्ने बताए । उनले भने दैलेख–सुर्खेत सडक खण्डमा टाइमकार्डको नियम लागु गरेसँगै २–३ महिना सवारी चालकले टाइमको ख्याल गर्दै सवारी चलाउने गरेको र सवारी साधन दुर्घटना कम हुने गरेको स्मरण गर्दै पुन त्यसलाई निरन्तरता दिनु पर्ने हुन्छ ।

error: Content is protected !!