Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

साहारे खानेपानी आयोजनाका मजदुरले पाएनन् ज्याला

दैलेख  : साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ज्याला नपाएको गुनासो गरेका छन । उनीहरुले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा रकम असुली गरि पाउँ भन्दै निबेदन दिएपछि जिल्ला प्रहरी कार्यालयले आयोजनाका साइड इन्चार्ज प्रविण खत्री संग दशै तिहार अगाडी नै पैसा दिने सहमती गरेपनि आफुहरुले अहिले सम्म काम गरेको ज्याला नपाएको पीडीतहरुले बताएका छन ।
नरायण नगरपालिका–४ मा अवस्थित खानेपानी आयोजनामा करिब २ सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एण्ड वसन्त जेभीले मजुरको ज्यालाका साथै अन्य विभिन्न व्यक्तिलाई गरी दैलेखमा ५५ लाख भन्दा बढि रुपियाँ तिर्न बाँकी रहेको पीडितको भनाइ छ । आयोजनामा ७ वर्षदेखि पलम्बरको काम गरिरहेका कमल कोइरालाले ६ लाख रुपिँया नभएको बताए । उनले भने आयोजना सफल बनाउनका लागि विभिन्न ठाउँबाट मजदुर जुटाएको र अहिले ठेकेदारले पैसा नदिएपछि आफु समस्यामा परेको बताए । उनले ठेकेदारले जति गर्दा पनि पैसा नदिएपछि प्रहरी कार्यालयमा उजुरी गरेका छौं, तैपनि ज्याला पाइएको छैनौ अव ठगि मुद्धामा अदालतमा जानु बाहेक अरु विकल्प भएन ।
कोइरालाका अनुसार निर्माण कम्पनीले मजदुरलाई जनही सरदर २–३ लाखको दरले रकम दिन बाँकी रहेको छ । मजदुर र अन्य कर्मचारीको समेत गरेर करिब ५५ लाख भन्दा बढि रुपियाँ तिर्न बाँकी रहेको उनले बताए । २४ करोड रुपैयाँमा २०६९ सालमा आयोजनाको सम्झौता भएको हो । आयोजनाको लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर ५ देखि १५ हजारसम्म रकम तिरेका छन् ।
२०७५ काम सम्पन्न भए पनि धारामा पानी भने अझै आएको छैन । आयोजना सञ्चालक साहारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बलाराम श्रेष्ठले आयोजनाको झण्डै आधा काम भने बाँकी रहेको बताए । उनले काम आधा गर्न बाँकी छ मजदुरले ज्याला पाएका छैनन्, उपभोक्ताले पानी पिउन पाएका छैनन्,’ उनले भने ठेकेदार भागेर गइसक्यो, काम अझै अलपत्र छ ।
आयोजना निर्माण कम्पनीका आयोजना प्रमुख करण चन्दले मुलुक संघियतामा गए पश्चात आयोजना हेर्ने डिभिजन खानेपानी कार्यालय नरहेको र आफुहरुले काम गरेको भुक्तानी नपाएका कारण अन्य भुक्तानी बाँकी रहेको बताए । उनले काम गरेको रकम र आयोजना संचालन गर्दा राखेको पाँच प्रतिशत धरौटी समेत आफुहरुले नपाएका कारण कामदारको रकम तिर्न नसकीएको बताए । उनले थपे एसियाली विकास बैक (एडीबि) मार्फत संचालीत योजना भएको र समय सिमा सकिन साथ समस्या भएको हो ।