Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णालीसामु आर्मीको १९६ रनको लक्ष्य


काठमाडौं :  प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १ सय ९६ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको आर्मीले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो।
आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए। त्यस्तै आर्मीका कप्तान विनोद भण्डारीले ४१ रन बनाए। त्यस्तै राजेश पुलामीले १६, लोकेश वमले १३ तथा रोहित पौडेलको ११ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडेनन्। कर्णालीका लागि दिनेश अधिकारी, दिवन पुन र राज साहले समान २/२ विकेट लिए।