Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं :  राष्ट्रियसभाको हिउँदे अधिवेशन चार दिन मात्रै बैठक बसेर अन्त्य भएको छ। गत पुस १७ गतेबाट सुरु भएको अधिवेशन आज आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी हुन्। १० दिनको अवधिमा ७ घण्टा ५ मिनेट मात्र चलेर अन्त्य भएको संसद् सचिवालयले जनाएको छ । चालु अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका सात वटा अध्यादेशहरू पेश भएका छन ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ पेश भए।

त्यस्तै सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ आज अन्त्य भएको अधिवेशनमा पेस भएका छन्।