Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

ओलिपक्षीय विद्यार्थीको बृहत भेला ,२६ गते १० हजार कार्यकर्ता उर्ताने तयारी


दैलेख :  नेकपा ओली पक्षिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वबियु) जिल्ला कमिटिको आयोजनामा बृहत कार्यकर्ता भेला आयोजना गरिएको छ । बुधवार जिल्ला समन्वय समितिको हल बाट नारा जुलुस सहित बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको हलमा बृहत कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

बृहत भेलालाई सम्बोधन गर्दै नेकपाको केन्द्रिय सदस्य एवम पार्टी जिल्ला अध्यक्ष रबन्द्रिराज शर्मा,केन्दिय सदस्य,लोमन शर्मा, मिनासिह राखाल,नेकपा दैलेखका नेता जिल्ला समन्वय प्रमुख प्रेम बहादुर थापा,नेकपा जिल्ला कमिटि सदस्य जनक न्यौपाने, रुद्र शाही,युवा संघ नेपालका केन्द्रिय सदस्य चन्द्र दहाल,जिल्ला संयोजक जीवन शाही,अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य कल्पना थापा,नविन योगी,केन्द्रिय सदस्य पदम बहादुर खड्का लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर नयाँ जनादेशका लागि निर्वाचन घोषणा गर्नु संबिधान सम्मत भएको बताएका छन ।

प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेकाले सबै मातहत कमिटी र सम्पूर्ण सङ्गठनको पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान आग्रह गरिएको छ ।

बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्थापनाका कार्यक्रम उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ । पुस २६ गते हुने जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा १० हजार कार्यकर्ता उतार्ने तयरी समेत गरिएको बताइएको छ ।

error: Content is protected !!