Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

कर्णाली राजमार्गका १२ पुल निर्माणको अन्तीम चरणमा

प्रेमिका सिह
दैलेख  :  कर्णाली राजमार्गमा निर्माणाधीन १२ वटा पुल निर्माणको अन्तीम चरणमा रहेका छन । राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको पातलेखोला पुल,लामाचुडि खोला पुल, माट्टेखोला पुल निर्माणको अन्तीम चरणमा रहेका छन ।त्यस्तै तल्लोडुगेश्वर सियाकोट सडक खण्डको रतिखोला,छेडाखोला पुल ,लोहोरे खोला पुल मध्ये छेडाखोला पुल निर्माणको कार्य रद्ध गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका सुचना अधिकारी सजना पोखरेलले छेडाखोलामा पुल निर्माण गर्ने स्टमेट तयार गरेको भएपनि पुलको आवश्यकता नभएपछि रद्ध गरिएको बताइन । उनले सुर्खेत जुम्ला सडक खण्डाको कुवाखोला पुल,कालेखोला पुल,पाल्टडा खोला पुल,कानेकडा खोला पुल,गुहेगाड खोला पुल,दहिखोला पुल निर्माण कार्य अन्तीम चरणमा रहेको बताइन ।

सडक डिभिजन कार्यालय सुर्खेतले तीन महिनाभित्र पुल सम्पन्न नगरे ठेक्का तोडिने र निर्माण कम्पनीहरु कालोसूचिमा राख्ने ,बिश्व बैकले दिएको ऋणको समय सकिने र करोडौं रकम फिर्ता हुने भएपछि सडक डिभिजन कार्यालय पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई ताकेता दिएपछि कर्णाली राजमार्गमा निर्माण थालिएको दशकौ पछि पक्की पुल निर्माण कार्यले अन्तीम चरणमा पुगेका हुन ।
उनका अनुसार पातलेखोला पुल निर्माणको ९६ प्रतिशत, माट्टे खोला पुल ९४ प्रतिशत, लामाचुड खोला पुल ९६ प्रतिशत, रतखोला पुल ८३ प्रतिशत,लोहोरे खोला पुल ९७ प्रतिशत,कुवाखोला पुल ९५ प्रतिशत,कालेखोला पुल ९१ प्रतिशत,पाल्टडाखोला पुल ९६ प्रतिशत,कानेकडा खोला पुल,९२ प्रतिशत,गुहेगाड खोला पुल ९३ प्रतिशत,दहिखोला पुल निर्माणको ८६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

कामको जिम्मेवारी सँगै करोडौं पेश्कि बुझेर पनि समयमै काम नसक्ने निर्माण कम्पनीको लापरवाहीले कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरुले सँधै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै प्रतिनिधी सभामा समेत पटक पटक सांसदहरुले काम नगर्ने ठेकेद्धारहरुको ठेक्का तोड्नु पर्ने बताएका थिए । पुलको अन्तिम निरिक्षणका लागि बिश्व बैकको टोलि समेत निर्माणस्थलमा पुगेको र काम नगर्ने निर्माण कम्पनीहरुलाई सरकारले कारवाही प्रक्रियाको थालनी गर्ने निर्देशन गरे संगै पुल निर्माणको काम तिब्र गतिमा अगडी बढेको सुचना अधिकारी पोखरेलले बताइन । निर्माणको जिम्मा पाएको कम्पनीले निर्माण कार्य नगर्दा गत आर्थिक बर्षको २० लाख पेश्कि रकम सडक डिभिजन कार्यालयले राजश्वमा जम्मा गरिदिएको पोखरेलले जानकारी दिइन । कर्णाली राजमार्गका पुल निर्माण भएपश्चात यात्रा गर्ने यात्रुहरुलाई राहत हुने भएको छ । दैलेखको आठबिस नगरपालिकाका अर्जुन शाहीले राजमार्गका पुल निर्माण भए संगै अव यात्रुले खोेलाका कारण वर्षातको समयमा कुनु पर्ने बाध्यताको समेत अन्त्य हुने बताए ।