Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, ५१२ लिए सेवा


दैलेख   : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–६मा निःशुल्क आयुर्वेद शिविरमा ५ सय भन्दा बढी सेवा लिएका छन् । आइतवार स्वास्थ्य सेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिन निःशुल्क शिविरमा ५१२ जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका हुन् ।

जिल्ला स्वास्थ्य सेवाकार्यालय आयुर्वेद शाखाका (कविराज) रामप्रसाद महत्तोले शिविरमा ग्यास्टिक, मधुमेह,दम, उच्चरक्तचाप ,स्त्रीरोग,हाडजोर्नी दुख्ने निशुल्क रोग परिक्षण गरि औषधी वितरण गरिएको बताए । उनले शिविरमा पुरुष भन्दा बढी महिलाले स्वास्थ्य परिक्षण गरिएको बताए । उनले भने एक दिनको शिविरमै यति धेरै नागरिक आउनुले आयुर्वेद औषधी प्रति जनताको विश्वास धेरै रहेछ । जनताको मन आयुर्वेद औषधीले जितेको छ, तर प्रचार प्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर बिरामीहरु विगतमा भन्दा कम आउने गर्दछन ।

स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाकी बैद्यले रिताकुमारी शाहीले शिविरमा आएका अधिकाँश विरामी मध्ये बाथरोग र पाठे्यघर समस्या भएका महिला आएको बताइन । उनले पहिलो पटक महिला आयुर्वेदिक बैद्य महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राखेको बताक्ष्न । उनले शिविरमा आएका महिला मध्ये ६० प्रतिशत महिलामा पाठ्येघरको समस्या देखिएको छ ।

योनीबाट सेतो पानी बग्ने,तल्लोपेट दुख्ने गरेका महिला बढी भेटिए । १६ बर्ष देखी माथिका सबै महिलामा यो समस्या छ । पश्चिमका महिला नछुने भएको बेला छाउगोठमा बस्ने,पोषण खानेकुरा खानबाट बञ्चित हुने,गहु्रगो भारी बोक्ने कारण गर्दा समस्याका कारण महिलाहरु बढि रोग बाट ग्रसित हुने पुगेका छन ।

आयुर्वेदक शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३२६ जना महिला र १८६ जना पुरुषले परिक्षण गराएको जानकारी दिए । उनले गाउँ गाउँमा आयुर्वेदिक सम्बन्धित जानकारी र जनचेतना जगायौं भने अझै बढी मानिसहरु आयुर्वेदिक औषधीतिर आकर्षित हुने विश्वास व्यत्तः गरे । उनले दुर्गम गाउँमा प्रयाप्त मात्रामा आयुर्वेदिक औषधी पाउने भएपनि त्यसको प्रयोगको वारेमा जानकारी पाँउन नसक्दा जडिबुटिहरु त्यतिकै खेर गएको बताए । उनले स्थानीय सरकारले आफ्नो गाउँपालिका तथा नगरपालिमामा आयुर्वेदिक आमा समुह गठन गरेर औषधीको बारे जानकारी दिने गरेको खण्डमा आयुर्बेदिक औषधीको प्रयोग गर्नेको संख्या बढ्ने छ ।

error: Content is protected !!