Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चामुण्डानबिन्द्रासैनीमा नागरिक आरोग्य केन्द्र स्थापना


दैलेख  :  नागरिकको स्वास्थ्य सेवालाई प्रथामिकतामा राखेर आइतवार नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिमामा स्वास्थ्य सेवा कार्यालय मार्फत आयुर्बेद स्वास्थ्य शाखा स्थापना संगै आरोग्य केन्द्र स्थापना गरिएको हो । केन्द्रको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संयुक्त रुपमा उद्घाटन गरेका छन ।
आरोग्य केन्द्रको उद्दघाटन गर्दै नगर प्रमुख सुर्य बहादुर शाहीले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै संचालन भएको आरोग्य केन्द्र अर्थात आर्युबेद सेवा शाखा बाट धेरै लाभ लिन सकिने बताए । उनले चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जनताको स्वास्थ्य सेवालाई पहिलो प्रथामिकता राखेर काम गरेको बताउदै अव थप सेवा बिस्तार हुने र नागरिकलाई सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताए । उनले औषधी आएर मात्रै आरोग्य हुँदैन,’ उनले भने आरोग्य हुनका लागि खानेकुरा ध्यानदिनु पर्छ ।’ बजारमा म्याद समाप्त भएका सामाग्रीहरुको दैनिक प्रयोग गर्दा रोगी हुने गरेको त्यता तर्फ जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय आयुर्बेद शाखाका आर्युबेदिक चिकित्क डा प्रशन्न नेपालले आरोग्य सेवा केन्द्रले नगरपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गने बताए । उनले सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने बताए । नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन नपर्ने भएको छ ।