Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

सवारी दुर्घटना कमगर्न ट्राफिक प्रहरी सक्रिय

सुर्खेत  :  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय दुर्घटना बढ्दैँ गएपछि नयाँ अभियान साथ दुर्घटना ग्रस्त क्षेत्र लेखिएका बोर्ड राखेको छ ।ट्राफिक प्रमुख उपेन्द्र प्रसाद आचार्य सहितको टोलिले रत्न राजमार्ग अन्तर्गत सुर्खेत–नेपालगंन्ज सडक–खण्डको बढी दुर्घटना हुने स्थानहरुमा दुर्घटना ग्रस्त क्षेत्र लेखिएका बोर्ड समेत राखेको हो ।

 

बढी दुर्घटना हुने स्थानहरुमा भेरीगंगा नगरपालिका २ को सत्तरी मोड, भेरीगंगा नरपालिका ४ को टोलीखोला पुल र भेरीगंगा नगरपालिका ५ को एमाले मोडमा गरी ३ तीन स्थानहरुमा चालकहरुलाई सचेत गराउने उद्देश्य अनुरुप “दुर्घटना ग्रस्त क्षेत्र लेखिएका बोर्ड” राखिएको छ । उक्त क्षेत्रहरुमा राखिएको बोर्डहरुमा मोटरसाइकका कङ्गालहरु समेत राखिएको ट्राफिक प्रमुख आर्चायले जानकारी दिए । र्आतवार छिन्चुको फुल नजिक भेटिएका आर्चायले दुर्घटना न्युनीकरणका लागि यो अभियान संचालन गरेको बताए ।