Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पूर्व मन्त्री शाह सवार गाडी मौरे खोलामा दुर्घटना

सुर्खेत  :  पूर्व मन्त्री सवार गाडी रत्न राजमार्गको मौरे खोलामा दुर्घटना भएको छ । नेपालगञ्जबाट दैलेख तर्फ आउँदै गरेको बा २१ च २७४६ नम्बरको जीप दुर्घटनाहुँदा नेकपाका केन्द्रिय सदस्य एवम पूर्वमन्त्री विनोद शाहसहित पाँच जना घाइते भएका हुन् । घाइतेहुनेहरुमा नेकपामा केन्द्रिय सदस्य लक्ष्मी शाह, सुर्य बहादुर शाही, नेकपा आठविस नगरपालिकाका इन्र्चाज पदम माझि घाईते भएका छन ।
नेकपाका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष रबिन्द्र शर्माले पार्टिका नेताहरु दुर्घटना भएर घाइते भएको भन्दै स्वास्थ्य लाभको कामना गर्दै सम्बन्धीत निकायलाई उपचारमा कुनै लापारवाही नगर्न आग्रह गरेका छन । एक बिज्ञप्ती जारी गर्दै उनले केन्द्रिय सदस्य सुर्य बहादुर शाही,पदम माझिको स्वास्थ्यमा सुधार देखिएको र अन्य दुई केन्द्रिय सदस्य बिनोद कुमार शाह र लक्ष्मी शाहलाई अलि बढि चोट लागेको जानकारी दिएको छन ।

फोटो नेपाली रैवार