Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

चार हजार ४०१ परीक्षणमा ४०३ जनामा सङ्क्रमणको पुष्टि


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२ ह्जार २६२ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५९४ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५५ हजार ८८ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ५२ हजार ९०३ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८८५ पुगेको छ । हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार २८९ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

error: Content is protected !!