Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

गाउँपालिकाले दियो युवालाई एक सय दिनको रोजगारी

दैलेख  :  प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँका युवाहरुलाई एक सय दिनको रोजगारी दिएको छ । जिल्लाको भगवतिमाई गाउँपालिकाले कोरोना महामारीका कारण स्वदेश फर्केका र बेरोजगारको सुचिमा सुचिकृत भएका एक सय जना युवालाई एक सय दिनको रोजगारी दिन सुरु गरेको हो । आर्थिक बर्षको अन्त्यमा आउने बजेटको अख्तियारीले विकासमा गुणस्तरीयता हुने नसक्ने गुनासो आउने गरेका कारण यो वर्ष दोस्रो चौमासिक देखी प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै सुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
भवतीमाई गाउँपालिकाका रोजगार संयोजक बलबहादुर भण्डारीले योजनाहरुको छनोट भए पश्चात गाउँपालिकाले निर्माण गरेको श्रमरोजगार बैक मार्फत उक्त कार्यक्रम संचालन गरिने बताए । उनले प्रधानमन्त्री रोगजार कार्यक्रमका लागि ८ वटा योजना छनौट गरिएको बताए । उनले युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना मार्फत ८ वटा आयोजनामा चालु आर्थिक वर्षमा संघिय सरकारको शसर्त अनुदानबाट आएको ५१ लाख ७० हजार रुपिँया खर्च गरिने बताए ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गर्दै सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी भए अनुसार युवाहरुलाई रोजगारी दिएको बताए । उनले त्यही अनुरुप गाउँपालिकाले छुटै कार्यविधि निर्माण गरि श्रमरोजगार बैक स्थापना गरेको र त्यसै अनुसार रोजगारी दिएको बताए ।
भगवतिमाइै गाउँपालिका वडा नः २ का युवा नगेन्द्र बोहोराले गाउँमै एक सय दिनको रोजगारी पाएपछि आफुहरु खुसी भएको बताए । उनले कोरोना महामारीले विश्वकै आक्रान्त पारेको बेला गाउँपालिकाले एक सय जना युवालाई गाउँमै रोजगारी दिएर राम्रो काम गरेको बताए । उनले भने गाउँपालिकाले सबै नागरिकलाई समेटेर विकास निर्माण काम गर्ने र युवालाई रोजगारी दिने तर्फ लाग्नु पर्ने बताए ।