Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

निर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

सुर्खेत :  उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शनिबार एक औपचारीक कार्यक्रमकाबिच उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको कार्यकारीणी समितिमा ११ सदस्यीय समिति गठन भएको हो । जसमा सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सदस्यलाई मुख्य निर्वाचन अधिकृत विवसकुमार बस्नेतले सपथ खुवाएका हुन् । उनका अनुसार पदमबहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।

जसको उपाध्यक्षमा रजवअली मनिहार (जिल्ला, नगरबाट) प्रकाश उप्रेती (एशोसियटबाट) निर्वाचित भएका छन् । यस्तै कोषाध्क्षमा सुधन श्रेष्ठ र सदस्यहरुमा झविराज खत्री, सिताराम कार्की, कविराज कँडेल, कर्णबहादुर खत्री, दिपकराज खड्का, कृष्णप्रसाद कोइराला र नामग्याल तामाङ निर्वाचित भएका छन् ।

error: Content is protected !!