Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुर्खेती चेली विसीले जितिन सर्वोत्कृष्ट लोकदोहोरी मोडल अवार्ड

सुर्खेत :  सुर्खेतक चेली दिपासा विसीले सर्वोत्कृत लोकदोहोरी मोडल अवार्ड जितेकी छन् । काठमाडौंमा भएको नेशनल पावर न्यूजको तेस्रो अवार्ड प्रतियोगितामा मोडल विसीले सवोत्कृष्ट लोकदोहोरी अवार्ड जितेकी हुन् ।

टप फाइभमा परेकी मोडल विसीले अवार्डले कलाकारितामा थप लाग्ने प्रेरणा मिलेको बताइन् । उनले नौ महिनादेखि कोरोना महामारीले ठप्प रहेको कलाकारिता क्षेत्रलाई अवार्डले संगित क्षेत्रको माहोल बनाउन ऊर्जा थपेको बताइन् ।

‘धेरै समयपछि अवार्ड पाउँदा आफ्नो सांगित क्षेत्रलाई अझै निखारता ल्याउन सहयोग पुगेको छ,’ विसीले भनिन्, ‘कलाकारितामा अझै थुप्रै कामहरु गर्न बाँकी रहेकाले यो रफ्तारलाई निरन्तरता दिने आत्मबल उच्च पारिदिएको छ ।’कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ संस्करण पुसमा गरिएको हो ।

गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको अध्यक्ष माधव खरेलले बताए । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गरिएको खरेलको भनाई छ ।

नेपाली भाषाका अलवा नेपालमा वोलिने विभिन्न भाषा भाषिलाई समावेश गरेर आयोजना हुँदै आएको नेशनल पावर न्युज म्युजिक अवार्डको यो तेस्रो संस्करण हो ।

कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिइन् ।

निर्णाकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरेर र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको जोशीले बताइन् । साभार नेपाली रैवार