Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

चार हजार १४२ परीक्षण गर्दा ६०८ सङ्क्रमित


काठमाडौं  : नेपालमा कोरोनाभाइरसका ६०८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५७ हजार २०० पुगेको छ । हालसम्म १९ लाख ३९२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १४२ जनाको आरटीपीसीआर परीक्षण गर्दा ६०८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल सात हजार ९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा ८९२ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४८ हजार २९२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१६ जनाको मृत्यु दत्र्ता गरिएको छ । हाल सात हजार ९२ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

error: Content is protected !!