Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

क्षमताभन्दा बढी सीट थप्ने सवारीलाइ कारवाही


सुर्खेत  :  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले क्षमताभन्दा बढी सिट थप्ने सवारीलाई कारवाही गरेको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधनको चेकजाँच गरेर बढी सीट थप्ने सवारीहरुलाई कारवाही गरेको हो ।

सवारी ब्यवस्थापन तथा दुर्घटना न्युनिकरणको लागि रत्न राजमार्गको सुर्खेत–नेपालगंन्ज सडक खण्डमा सञ्चालन हुने भाडाका सवारीले क्षमताभन्दा बढी सीट थपेकोले कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनले यातायात ब्यवस्था कार्यालयबाट निर्धारण गरिएको सिट क्षमताभन्दा आफुखुसी थप सिट जडान गरेकोे, र मुडा राखेर बढी यात्रु राखेको पाइएकोले कारवाही गरिएको बताए । ग्याप सीट समेत जडान गर्ने सवारी साधनबाट ४१ सीट नियन्त्रणमा लिएको आचार्यले बताए । पहिलो पटक चेतावनी दिएर न्यूनतम एक हजार पाँच सय जरिवना काटेर सवारी साधान छोडिएको कार्यालयले जनाएको छ ।