Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

अध्यक्ष प्रचण्ड संसदीय दलको नेता चयन


काठमाडौं  :  प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड लाई संसदीय दलको नेता चयन गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले उहाँलाई नेता चयन गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए ।

अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्ड संसदीय दलको नेता सर्वसम्मत चयन भएको नेता ज्ञवालीले जानकारी दिए । मंगलबार बबरमहलस्थित कार्की बाङक्वीटमा बसेको सो पक्षको भेलाले वरिष्ठ नेता नेपाललाई दोस्रो बरियाताको अध्यक्ष चयन गरेको थियो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले आफूलाई विश्वास गरी जिम्मेवारी दिएको भन्द्र नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै विश्वासलाई कायम राख्दै जिम्मेवारी पूरा गर्ने विश्वास दिलाएको नेता ज्ञवालीले बताए ।

error: Content is protected !!