Loading... आजः सोमवार, असार ७, २०७८
Trending

कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुग्यो


काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ३, खोटाङमा १, झापामा १०, ताप्लेजुङमा १, धनुकुटामा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ३१, संखुवासभामा ३, सुनसरीमा ७, पर्सामा ३, बारामा ६, काठमाडौँमा २३५, काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानुपरमा १६, रसुवामा २, रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा १, कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासीपूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा १, लमजुङमा ८, बागलुङमा २, स्याङ्जामा ३ र अर्घाखाँचीमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४, रोल्पामा ५, जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ३, दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६, हुम्लामा १, अछाममा २२, कञ्चनपुरमा १, कैलालीमा १०, डडेल्धुरामा ३, डोटीमा ४, दार्चु्लामा १ र बझाङमा ४ जना कोरोनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३११ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ हजार ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डस्चार्ज हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय ५१ पीसीआर परीक्षण भएको छ। हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ।

error: Content is protected !!