Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

देभ भर थपीए ८३० संक्रमित

काठमाडौं  : पछिल्लो २४ घण्टामा ५ हजार एक सय ८१ जना पिसिआर परीक्षण गर्दा मुलुकभर ८ सय ३० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसीआर परीक्षण गरिएको जानकारी दिएका छन्।

त्यस्तै, सक्रिय संक्रमित १० हजार ९ सय ९४ छन्। १५ सय संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

कुल संक्रमित २ लाख ४८ हजार चार सय २३ जना छन्। बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६ सय ९८ पुगेको पनि मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएको छ।