Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

मुअव्जा विवाद समाधान संगै आयोजनाले लियो गति

..


कमल शर्मा /अमृत प्याकुरेल 
दैलेख मंङसिर १९ गते  । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको दैलेख खण्डमा मुअव्जा बिवाद समाधान संगै राजमार्ग निर्माण कार्यले गति लिएको छ । दैलेख सदरमुकामको किमुगाउँ देखी जाहरकोट सडक खण्डमा स्थानीयले बिरोध गरेपश्चात रोकिएको निर्माण कार्य मुअव्जा विवाद समाधान भए संगै राजमार्ग निर्माण कार्यले गति लिन थालेको हो ।
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय योजना कार्यलय दैलेखले दिएको जानकारी अनुसार दैलेखको भगवतिमाई गाउँपालिका वडा ४,मन्घरको सुयाडा देखी आठबिस नगरपालिकाको साईगाउँ खोला सम्म १सय २५ किलोमिटर सडक दुई षबर्ष भित्र पुर्णरुपमा निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको भएपनि कोरोना महामारीका कारण ६ महिना पर धकेलिएको छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय योजना कार्यलय दैलेखका प्रमुख अर्जुम कुमार बमले दैलेख खण्डको जम्मा १ सय २५ किलोमिटर सडक निर्माणका ठेक्का भइसकेको बताए । उनले दैलेख सदरमुकाममा देखिएको मअव्जा विवाद समाधन तर्फ उम्मुख भएसंगै बजार क्षेत्रमा समेत ठेक्का खोलेर शर्मा हिमालयन निर्माण कम्पन्नीलाई ठेक्का परे संगै बजार क्षेत्रमा समेत काम धमाधम संचालन भएको बताए ।

उनका अनुसार मन्घर देखी मौलेसाल सम्मको १२ किमि सडक निर्माणको काम शर्मा गजरमुखी जेभिले २०७४ असार ४ गते सम्झौता गरि २०७७ पुस मसान्तमा काम सक्ने गरि ३१ करोड ७२ लाख ६२ हजार एक सय ५३ मा सम्झौता गरेका थियो । कोरोना महामारीका कारण छ महिना काम पर धकेलिएको भएपनि अव चाडै उक्त क्षेत्रमा काम सम्पन्न गर्ने तयारी रहेको छ । मौलेसाल देखी लोहोरे सम्मको १० किमिमा केएस रमण जेभीले मुलक भ्याट बाहेक २४ करोड ८४ लाख ३१ हजारमा ठेक्का लिएको छ । केएस रमण जेभीले २०७४ साल भदौ ३ मा सम्झौता गरि २०७७ साल आसर २५ गते सक्नु पर्ने सम्झौतामा उल्लेख भएपनि गत चैत्र ११ देखी साउन ४ गते सम्म गरेको लकडाउनका कारण समस्या भएपछि छ महिना म्याद थपीएको छ ।

रावतकोट पादुका हुदै लैनचौर सम्मको १३ किमि सडक निर्माणको लागि केएस रमण जेभीले २०७४ आसर २६ मा सम्झौता गरि २०७७ आसर २६ गते सम्म निर्माण सम्पन्न गर्नका लागि २६ करोड ९१ लाख ८५ हजार दुई सय ८४ मा सम्झौता गरेको थियो । त्यसको म्याद समेत फागुन मसान्त सम्म थप गरेको आयोजनाले जानकारी दिएको छ । पादुका रामाघाट १६ किमि सडक निर्माणको लागि पप्पु हिमालयन जेभीले ठेक्का पाएको छ । निर्माण कम्पनीले २०७४ असार ४ मा सम्झौता गरि २०७७ आसर ४ मा सम्पन्न गर्न ४२ करोड ९६ लाख ३५ हजार चार सय ४६ मा सम्झौता गरेको त्यसको म्याद थप गरी निर्माण कार्य सुरु भएको छ ।

रामाघाट देखी चिनेखोला सम्मको ८ किमि सडक निर्माणको आसिस क्याद जेभीले २०७६ असोज सम्झौता गरि २०७८ चैत १५ मा निर्माण सम्पन्न गर्नका लागि ३६ करोड २३ लाख आठ हजार चार सय ४६ मा सम्झौता गरेको छ । चिनेखोला देखी सात्तला सम्मको १२ किमि सडक निर्माणका लागि कन्काई मोतीदान जेभीले २०७६ जेठ १६ मा सम्झौता गरि २०७८ चैत १२ समा सम्पन्न गर्नका लागि ३९ करोड३७ लाख ११ हजारमा सम्झौता गरेको छ । सात्तला देखी साईगाउँ सम्मको १४ किमि सडक निर्माणको आसिस क्याब जेभीले २०७६ असोज सम्झौता गरि २०७८ चैत १५ मा निर्माण सम्पन्न गर्नका लागि २५ करोड ३५ लाख ८१ हजार चार सय ३४ मा सम्झैता गरेको छ ।

योजना प्रमुख बमले आयोजना निर्माणका लागि दैलेख सदरमुकाकामा देखिएको बिबादका लागि बिभिन्न प्रयास गरेको भएपनि नगरपालिकाले मध्यमागी प्रस्ताब ल्याएर आयोजनाको कामलाई सहजता बनाउने प्रयास गरेपश्चात स्थानीहरु मुअव्जा लिन तयार भएपछि विवाद समाधान भएको बताए । उनले तीन सय १२ घरधुरीले मुअव्जा लिन पाइल पेश गरेको र १२ घरले मात्र फाइल पेस गरेका छैन्न । तीन सय १२ घरधुरीको मुअव्जा ११ करोड भन्दा बढि रकम मुअव्जा निर्धारण भएको छ ।

स्थानीयको बिरोधका बिच नेपाली सेनाको इन्द्रदल गुल्म बाट ट्रयाक खोलेपनि स्थानीयले १० मिटर जग्गा आफुहरु दिन तयार रहेको भएपनि आयोजनाले ६२ किमि सडक निर्माण गर्छ भन्ने भ्रमका का कारण बिबाद देखिएको थियो । नगरपालिकाले नै बिबाद समधान गर्नका लागि सडकको बिच भागलाई केन्द्र मानेर ७.५ किमि दायाँ ७.५ बायाँ तर्फ सडक छोडेर र २ मिटर दुबै तर्फ सेट ब्याकका छोडेर घर निर्माण गर्न र नक्सा पास गर्न सार्वजनिक सुचना प्रकाशित गरेसंगै दैलेख सदरमुकाम खण्डको बिवाद समधान भएको आयोजनाले जानकारी दिएको छ ।