Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

वरिष्ठ नेता पौडेल गिरफ्तारीको विरोधमा दैलेख कांग्रेस आन्दोलित


दैलेख  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दैलेख कांग्रेस आन्दोलित भएको छ । कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दैलेख कांग्रेसले नारा जुलुससहित आन्दोलित भएको हो ।
बिहीवार नेपाली काँग्रेस दैलेख, नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले संयुक्त रुपमा सदरमुकाम दैलेख बजारमा सरकार‍ विरुद्ध शंख जुलुस निकालेका थिए ।जुलुसलगत्तै सदरमुकाममा कोणसभाको आयोजना गरी कांग्रेस दैलेखले सरकारी रवैयाको विरोध गरेको थियो। सदरमुकाममा आयोजित कोणसभामा बोल्दै कांग्रेस दैलेखका नेताहरुले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।उनहिरुले सरकार बिरुद्ध बिभिन्न नाराहरु लगाएका थिए ।

error: Content is protected !!