Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

गुराँस गाउँपालिकालाई १० सेट हस्पिटल बेड हस्तान्तरण


दैलेख  :  गुराँस गाउँपालिकालाई १० सेट हस्पिटल बेड हस्तान्तरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिरामीको उपचारलाई लक्षित गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गुराँस गाउँपालिकालाई १० सेट बेड हस्तान्तरण गरेको हो ।कोभिड–१९ बिरामीको उपचारलाई मध्यनजर गर्दै बेड सहयोग गरिएको सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले जानकारी दिए ।
बिहीवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले गाउँपालिकाका अध्यक्ष खेमराज ओलीलाई बेड हस्तान्तरण गरेका छन् । हस्पिटल बेड हस्तान्तरणका क्रममा गाउँपालिकाका अध्यक्ष ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न प्रयासहरु गर्दै आएको बताए ।