Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कृषि समुहलाई समुह स्तरिय व्यावसायिक तालिम

दैलेख  :  कोरोना भाइरसको महामारी कारण रोजगारी गुमाएर स्वदेश फर्किएर युवा ,एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई आय आर्जनमा जोड्न शतप्रतिशत अनुदानमा बिऊ बिजन संगै उनीहरुलाई व्यवसायिक बनाउन कृषि समुहरुलाई समुह स्तरिय व्यावसायिक तालिम प्रदान गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गठन गरिएका कृषि समुहलाई उक्त तालीम प्रदान गरिएको छ ।

महिला शसक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दले गुरास गाउपालिका वडा २ ,३,४र ५ नः वडामा गठन गरिएका १२ वटा कृषि समुहरुलाई समुह स्तरिय व्यावसायिक तालिम सचालन गरिएको बताइन । उनले कोरोना महामारी कारण रोजगारी गुमाएका युवाहरुलाई शत प्रतिशत अनुदानमा बिऊ दिए संगै तरकारी खेतीका माध्यम वाट आयआर्जन गर्न शुरुवात गरेको बताईन ।

महिला शसक्तिकरण मञ्च नेपालका कार्यक्रम संयोजक मोहन आर्चायले परियोजना मार्फत कृषि समुहलाई बिऊ र हाते ट्याक्टर वितरण गरेको र बाख्रा पालन समुहलाई बाख्रा वितरण गरेको बताए । उनले परियोजना मार्फत कोरोना प्रभावीत कृषकहरुलाई आलु काउली ,बन्दा ,मुला भाजी लगायत बिऊहरु दिएपछि उनीहरुले राम्रो उत्पादन गरेको बताए । गाउपालिका स्तरका कृषि शाखाका प्राविधिक र सस्थाको प्राविधिक सहजिकरणमा समुह स्तरिय व्यावसायिककरण तालिम दिएको र कुनै समस्या भए कृषकले गाउँपालिकाका कृषि प्राबिधिक संग समन्वय गर्ने सक्ने वातावरण सिर्जना गरेका छौ ।

लीगुराँस तरकारी ताजा समूहकी उपाध्यक्ष हिरा गुरुङले परियोजनाले उत्पादनका लागि बिऊ मात्र नभएर व्यवसायीक रुपमा कृषि गर्न उत्प्रेरणा संगै प्राविधिक सहयोग समेत गरेको बताईन ।