Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

संक्रमित २ लाख ३० हजार ७२३, मृत्यु १४५४, डिस्चार्ज २ लाख ११ हजार १८६

..

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ८५, भक्तपुरमा ३६ र ललितपुरमा १ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।
हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टिनमा छन्।

error: Content is protected !!