Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

परीक्षा मर्यादित नभएको कार्यपालिका सदस्यको गुनासो

दैलेख  :  नारायण नगरपालिकाले लिन परीक्षा मर्यादित नभएको कार्यपालिकाका सदस्यले गुानो गरेका छन । मंसिर १२ गते(शुक्रबार) सञ्चालन गरेको सामुदायिक मनोसामाजिक संयोजक र सामुदायिक मनोसामाजिक कार्यकर्ताका लागि लगिएको परीक्षामा परीक्षा अर्मादित बनाएको भन्दै सामाजिक संजालमा गुनासो गरेका हुन । मानसिक स्वास्थ्य परामर्श केन्द्र (सी.एम सी नेपाल) र नारायण नगरपालिका दैलेखको समझदारीमा सामुदायिक मनोसामाजिक संयोजक १ जना र सामुदायिक मनोसामाजिक कार्यकर्ताका ८ जना गरी नौ जना कर्मचारी माग गरेको थियो।

पदपूर्ति समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर बुढाले कार्य पालिका का  सदस्यले बुझेर बिरोध गर्नु पर्ने बताए । उनले आफ्ना मान्छे नभएपछि सामाजिक सञ्जालमा आएको कुरा गलत भएको बताए।उनले आफैँ पदपूर्ति समितिको संयोजक भएका हिसाबले परीक्षा आफ्ना पराई नभनी निष्पक्ष रूपमा लगिएको बताए। कसैले आफ्ना मान्छे पास भएनन् भनेर विरोध गर्ने कुरा गलत भएको बताए। उनले भने नगरपालिकाकै सदस्य र केही पत्रकारहरुलाई अव हुने परीक्षामा राखेर परीक्षा लिने व्यवस्था मिलाउनु पर्ने अवस्था आयो । नत्र जे पायो त्यही सामाजिक संजालमा लेख्ने र आफ्नो चरित्रमाथी धावा बोल्ने काम भएको छ । नगरप्रमुख रत्नबहादुर खड्काले अहिले बाहिर आएको कुरामा सत्यता नभएको बताएका छन्।