Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

उद्योग विकासका लागि स्थानीय सरकारले साझेदारी निती अवलम्बन गर्न आवश्यक : सांसद शर्मा


दैलेख :  प्रतिनिधी सभा सांसद रबिन्द्र शर्माले उद्योग विकासका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताएका छन ।उद्योग उपभोक्ता हित संरक्षण कार्यालयले छैटौ उद्योग दिवसको अवसरमा आयोजना गरेको जिल्लामा लघु घरेलु तथा साना उद्योगको अवस्था,विकास तथा प्रर्वधन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले संघिय सरकारले राखेको समृद्ध नेपाल सुखी नेपाली नारालाई सार्थक बनाउन लघु घरेलु तथा साना उद्यमको विकास र प्रर्वधन गरी उद्यमशिलता विकासमा जोड दिनु अहिलको आवश्यकता रहेको बताउदै त्यस तर्फ स्थानीय सरकारले नीति तथा कार्यक्रम निर्माण गर्दा उद्योग र उद्यमशिलतालाई ध्यानमा राखेर अगाडी बढ्नु पर्ने बताए ।
संघिय सरकारले प्रत्येक स्थानीय तहमा एक स्थानीय तह एक औद्योगिक क्षेत्र निर्माण गर्ने उद्देश्यले दैलेखका ११ स्थानीय तहमा ९२ लाख बरावरको रकम पठाएको बताउदै त्यो संगै स्थानीय सरकारले पनि साझेदारी रकम बिनियोजन गरी युवालाई उद्यममा जोड्न आग्रह गरेका छन ।

उनले भने डुगेश्वर गाउँपालिकाको वडा नः १ बेलपाटामा औद्योगिक क्षेत्र निर्माण गर्न स्वीकृत भएको बताउदै हामीले पहिला उद्योग स्थापना गर्नु प¥यो त्यही उद्योगलाई धितोको रुपमा राखेर ऋण लिने हो पहिलै ऋण खोज्ने वानीका कारण उद्योगहरु संचालन नभएको बताए । प्रतिनिधी सांसद पार्वती विशुन्केले नेपालको संबिधानले समेत प्रत्येक नागरिकलाई स्वारोगार हुने मौलिकहकले नै सुनिश्चि गरेको भन्दै त्यस तर्फ स्थानीय सरकारले पनि नीति तथा कार्यक्रम निर्माण गरेर युवाहरुलाई रोजगारी दिनु पर्ने बताईन । उनले भनीन बजेट अभाव भएका कारण उद्योगहरु स्थापना नभएका होईन्न दुःख नगर्ने तर रातारात लाखपती हुने हाम्रो मानसिकताका कारण उद्योगहरु दर्ता तथा संचालन हुन नसकेको बताइन ।
प्रदेश सांसद मिनासिह रखालले राज्यका विभिन्न निकायहरु बाट उद्यमी सिर्जना गरेपनि दिर्घकालीन योजना नहुँदा समस्या भएको बताईन । उनले राज्यले लघु उद्यमका क्षेत्रमा धेरै लगानी गरेको छ तर उपलब्धी देखिएको छैन त्यस तर्फ सम्बनधीत निकायको ध्यान जान जरुरी भएको बताइन ।

नारायण नगरपालिकाका उप मेयर साबित्रि मल्लले नारायण नगरपालिकाले कृषि र लघु उद्यमका क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेर कार्यान्वन गरेको बताईन । उनले उद्योग स्थापनाका लागि सबै भन्दा पहिला उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन गर्नु पर्ने बताईन । नारायण नगरपालिकाले उद्यम विकासका लागि आवश्यक पर्ने निति निर्माण गरेर कार्यान्वयन गरेको बताईन ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यलय प्रमुख परशुराम आचार्यले जिल्लामा लघु घरेलु तथा साना उद्योगको अवस्था,विकास तथा प्रर्वधन विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हाल सम्म जिल्लामा भएका उद्योग र उद्यामीको अवस्थाका बारेमा जानकारी दिएका थिए । उनले यस अघि घरेलु तथा साना उद्योग विकास समिति र मेडपा कार्यक्रम मार्फत विभिन्न क्षेत्रका उद्यमी निर्माण गरेपनि लगानी अभावका कारण उद्योगहरु संचालन हुन नसकेको कार्यपत्रमा उल्लेख गरेका छन । उनले जिल्लामा उत्पादन मुलक उद्यम व्यवसाय १६५ वटा,कृषि जन्य व्यवसाय ९०० वटा,सेवा व्यवसाय ७८३ वटा,पर्यापर्यटन व्यवसाय ८०८ वटा गरी जम्मा २७ सय ४६ वटा उद्या व्यवासय दर्ता भएको बताए ।
उनले उद्योग संचालन गर्न प्राकृतिक स्रोतको दिगो व्यवस्थापन,स्थानीय सरकार र सरोकारवाला निकाय बिच एक द्धार प्रणालीको विकास,उद्यम विकासका लागि तत्कालीन,मध्यकालीन,र दिर्घकालिन एकिकृत रणनिती तयार जस्ता चुनौती पुर्ण रहेको बताएका छन ।
कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव राजेश हमाल, गैरसरकारी सस्था महासंघका अध्यक्ष महारुप खत्री, नाररायण नगरपालिकाका वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ,प्रकाश न्यौपाने सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मणिराम शर्मा लगायतले लुघ उद्यम र उद्यमशिताका बारेमा आफ्नो धारणा राखेका थिए ।