Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

नगर भित्रका विद्यालय संचालन गर्ने तयारी


दैलेख  : जिल्लाको नारायण नगरपालिकाले नगरका सबै विद्यालय संचालन गर्ने निर्णय गरेको छ । आइतवार बसेको प्रधानाध्यापकहरुको बैठकले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालय जंग शाहले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको बताए । उनले कोरोना महामारी देखाएर विद्यालय संचालन नगर्ने हो भने एक शैक्षिक सत्र नै खेर जाने र त्यसले बालवालिकाको भवीष्य नै बिग्रने भएकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरिएको बताए ।
उने भने विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउने निर्णय समितिले गरेको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने सिफ्टमा सञ्चालन गर्ने र एउटा डेस्कमा दुई जना विद्यार्थी मात्र राख्नुपर्नेछ ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँजा २०७७ लाई मध्यनजर राख्दै पठनपाठन गर्न र विद्यार्थीलाई गृहकार्य दिने र मूल्यांकन गर्ने गरेको भएपनि जिल्लामा कोरोना महामारीको संङक्रमण बढ्न थालेपछि शिक्षा विकास तथा समन्वय एकाइले उक्त कार्य स्थगित गर्न निर्देशन दिएको थियो ।
शिक्षा समितिको बैठकले कुनै समुदायको घर परिवार कोरोनाबाट संक्रमित भएमा बालबालिकालाई विद्यालयमा नआउन जानकारी गराउने र उनीहरुलाई थप समय दिएर अध्यापन गराउने बताइएको छ ।

विद्यार्थीलाई रुघाखोकी, ज्वरो लागेमा त्यस्तालाई विद्यालयमा नआउन भन्ने तथा चेकजाँच गर्न जाने व्यवस्था मिलाउने र कुनै व्यक्तिमा कोरोनाका लक्षण देखिएमा तुरन्त नजिकको स्वास्थ्य केन्दमा सम्पर्क गर्ने र शिक्षक, कर्मचारी र विद्यार्थीको नियमित उपस्थित हुने व्यवस्था मिलाउन पनि सबै विद्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणबाट जोगिन भएको बन्दाबन्दीका कारण पछिल्लो ६ महिना यता मुलुकभरकै विद्यालय बन्द रहेको छ ।