Loading... आजः सोमवार, असार ७, २०७८
Trending

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९१ः४२ प्रतिशत पुग्यो

...


काठमाडौँ :  नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा दशहजार ८४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । अहिलेसम्म १६ लाख ८१ हजार २९९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको भएका छन् ।

निको हुनेको संख्या दुई लाख चार हजार ८५९ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१ ः४२ प्रतिशत पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

error: Content is protected !!