Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पोषण कोसेली र चोलो उपहार पाएपछि गर्भवती महिला खुसी (फोटो फिचर)


दैलेख  :  नारायण नगरपालिका वडा नः ७ की गर्भवती महिला लक्ष्मी नेपालीको प्रसूति हुने समय नजिकिँदै थियो । प्रसूति हुने समय नजिकिँदै जाँदा प्रसूति समयमा खाने पोसिलो खाना किनेर कसरी खाने भन्ने चिन्ताले सताइरहन्थ्यो । श्रीमान् कोरोना महामारीले भारतमै रोकिए पछि समस्यामा पर्नु भएकी उनलाई भेट्न आइतबार नगर उपमेयर सावित्री मल्ल पोषण कोसेली र चोलो उपहार लिएर घरमै पुगेपछि उनलाई देउता खोज्दा ढुङ्गो खोजेझैँ भयो ।

उनी मात्र होइन नारायण नगरपालिका वडा नः ८ की गर्भवती महिला दिपा कुमारी सुनारको समस्या पनि त्यही हो । घरमा कमाउने श्रीमान् भारतमा गएपछि उनलाई पनि श्रीमानले कमाएर ल्याएपछि पोसिलो खाने कुरा किनेर खाने र अन्य घर खर्च चलाउने सपना कोरोना महामारीले रोकेपछि उहाँ निराश भएकी थिईन ।

गर्भावस्थामा ध्यान दिनु पर्ने खानपिन, स्वास्थ्य सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै पूस्तौ पुस्ताको न्यून पोषण चक्रलाई तोड्दै नारायण नगरको स्वास्थ्य नीति“स्वास्थ्य नागरिक समृद्ध नगर भन्ने नारालाई आत्मसाथ गर्दै नगरपालिकाले गर्भवती महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘गर्भवती महिलासँग उपमेयर’ कार्यक्रम मार्फत नगरपालिकाका ११ वडाका गर्भवती महिलालाई पोषणको कोसेली वितरण गरे सँगै सामान्य परिवारका गर्भवती महिला भने खुसी भएका छन् ।
नारायण नगरपालिका उप प्रमुख सावित्री मल्लले गर्भवती अवस्था आफूले भोगेको बताउँदै आफू उप प्रमुख भएको बेला आफूलाई मतदान गर्ने महिलाहरूलाई केही कार्यक्रम मार्फत सम्बोधन गर्नु पर्छ भनेर यो कार्यक्रम सञ्चालन गरेको बताईन । उनले गर्भवती महिलालाई मात्र होइन २० वर्ष उमेर पुगेर विवाह गरेका र दुई सन्तान जन्माएका र सरकारले तोकेको स्थानमा गएर प्रसूति हुने र बच्चा लाई लगाउनु पर्ने सबै खोप लगाएका आमाहरूलाई समेत असल आमा कार्यक्रम मार्फत सम्मान गरिएको बताई । उनले भनिन आफू उप प्रमुख हुनु भन्दा अगाडी एक आमा हु मैले त्यो पीडा भोगेकी छु तपाईँहरूलाई सानो भए पनि दुई हजार बरावरको पोषण कोसेली र एक थान चोलो दिएका छौ आगामी वर्ष बाट थप बजेट गरेर अझै राम्रो कोसेली दिन्छौ ।

नारायण नगरपालिका नगर प्रमुख रत्न बहादुर खड्काले नगर सरकार निर्माण भए संगै नागरिकका पक्षमा धेरै राम्रा कामहरु गरेका बताए । उनले भने हामीले पुर्वधार विकासलाई मात्र होईन सामाजिक विकासका कामलाई त्यत्तिकै प्रथामिकता दिएका छौ तपाइहरुले राम्रा कामको प्रंशसा र नराम्रा कामको अलोचना गर्न आग्रह गरेका छन ।
उनले भने नगरपालिकाले काम गर्दा गर्दै पनि केही अराजक मानसिकता बोकेकाहरुले नै केही गरेन भन्ने गरेको बताए । उनले भने स्वास्थ्य,शिक्षा,खानेपानी र कृषिका क्षेत्रमा धेरै राम्रा काम गरेका छौ । अझै बाँकी रहेको कार्यकालमा आफुले निर्वाचनको बेला गरिएका प्रतिबद्धता पुरो गर्ने बताउनुभयो ।

गर्भवती संग उपमेयर कार्यक्रममा पुगेको प्रदेश सांसद अम्मर बहादुर थापाले नगरपालिकाले संचालन गरेको कार्यक्रम देशमै उत्कृष्ट रहेको बताए । उनले भने हिजो तत्कालीन नेकपाले बृद्धबृद्धालाई एक सय बाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता ३ हजार पुगेको छ । यो पनि पहिलो प्रयास हो विस्तारै नगरपालिकाले त्यसै गरी तपाईको स्वास्थ्यलाई ख्याल गर्दै सहयोग गर्दै जाने कुरामा आफु विश्वस्त भएको बताए । उनले भने नेकपा सरकारले धेरै लोकप्रिय कार्यक्रम संचालन गरेको बताउँदै कर्णाली प्रदेशमा मात्र छोरीहरु जन्मीदा समेत प्रत्येक महिनाको पाँच सयका दरले खातामा रकम जम्मा गर्ने अभियान संचालन गरिसकेको बताए ।

 


नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले गर्भवती महिलाहरूका लागि कोरोना महामारी बाट बच्न मास्क १०थान,साबुन२थान,नेल कटर १थान,फलफूल,गेडागुडी,एक क्यारेट अण्डा,गर्भवती महिलाहरूका लागि आइरन चक्की ,जुकाको औषधी, र ढाकाको चोला वितरण गरेको बताए । उनले भने हामीले दिएको पोषण कोसेलीले नौ महिना सम्म पुग्ने होइन यो एउटा अभियान हो । यो अभियान सफल भएमा नगरपालिकामा जन्मने बालक कोही पनि कुपोषण भएर जन्मने छैन ।