Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

गर्भवती महिला संग उपमेयर कार्यक्रमको सामाजिक परिक्षण सम्पन्न


दैलेख  :  गर्भवती महिला संग उपमेयर कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा ध्यान दिनु पर्ने खानपीन, स्वास्थ्य सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि गर्दै पूस्तौ पूस्ताको न्युन पोषणचक्रलाई तोड्दै नारायण नगरको स्वास्थ्य नीति“स्वस्थ्य नागरिक समृद्ध नगर भन्ने नारालाई आत्मसाथ गर्दै नगरपालिकाले गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘गर्भवती महिलासँग उपमेयर’ कार्यक्रम मार्फत नगरपालिकाका ११ वडाका गर्भवती महिलालाई पोषणको कोशीले वितरण तथा चोलो वितरण कार्यक्रमको सामााजिक परीक्षण गरिएको हो । के ए मल्टिमिडिया प्रा. लि दैलेखका प्रबन्ध निर्देशक कमल शर्माले सामाजिक परीक्षण गरेका थिए ।

सामाजिक परीक्षणमा बोल्दै गर्भवती महिला संग उपमेयर कार्यक्रमका परिकल्पनाकार तथा उपमेयर सावित्री मल्लले प्रत्येक योजनाको सामाजिक सामाजिक परीक्षण अनिवार्य गर्नु पर्ने बताईन । उनले नगरपालिकाका योजनाहरुमा अव अनिवार्य सामाजिक परीक्षणको नीति अवलम्बन गरेर अगाडी बढ्ने बताइन । उनले सात वटै प्रदेश मध्ये नारायण नगरपालिकाले मात्र यस्तो नमुना कार्यक्रम संचालन गरेको र आगामी दिनमा थप यो कार्यक्रमलाई प्रभावकारी बनाएर जाने बताइन ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले कोरोना महामारीका बिचमा पनि गर्भवति महिलाहरुको समस्यालाई ध्यानमा राखेर यो कार्यक्रम संचालन गरेको बताए । उनले भने हामीले ८ लाख रुपैया विनियोजन गरेका थियौ त्यस मध्ये ३ सय जना गर्भवतीलाई पोषण कोशेली र चोलो उपहार दिने भने पनि ३ सय ६० जना गर्भवति भएपछि रकम अन्य स्रोत बाट खर्च गर्नु पर्ने अवस्था आएको बताए ।

नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले गर्भवती महिला संग उपमेयर कार्यक्रम मार्फत वाल विवाह न्युनीकरण गर्ने र असल आमा बन्न प्रेरणा जगाउने र भोलीको सन्तती सक्षम होस भन्ने अभिपार्यले यो कार्यक्रम संचालन गरिएको बताए । उनले सामाजिक परीक्षणमा आठ लाख बरावरको रकमको हिसाव ाएपनि वास्तवीक खर्च भने सार्वजनिक मिडिया मार्फत सार्वजनिक गर्ने र कुनैले माग्न आए उपलब्ध गराउने बताए ।