Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

भीरबाट लडेर एक सेनाको मृत्यु

जाजरकोट : भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ। ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको मृत्यु भएको हो।

सेनाका अनुसार घर बिदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधबार दिउँसो आफू आउँदै गरेको जानकारी गराएका थिए।

ब्यारेक जाने क्रममा राति लडेर घाइते अवस्थामा स्थानीय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

error: Content is protected !!