Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सात किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज – बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट सात किलो अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर सिंहलाई पक्राउ गरेको हो।

ब्यूरोको टोलीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाएको छ। ब्यूरोको टोलीले केही दिनयता धमाधम अफिम बरामद गरिरहेको छ।
गएको हप्ता मात्रै खजुराबाट १० किलो चार सय ग्राम र कुसुमबाट तीन किलो अफिम बरामद गरेको थियो। पहाडी जिल्लाको माथिल्लो भेगमा उत्पादन हुने अफिम र चरेश बाँके आइपुग्ने गर्छ। अफिम र चरेशको कारोबार नेपालगञ्ज हुँदै भारतमा हुने गरेको प्रहरीले जनाएको छ।